बिहीबार, १३ वैशाख २०८१

कपनबाट ढलमा खसेर बेपत्ता बालकको शव फेला, चिन्न नसकिने अवस्थामा अनुहार

समयपोष्ट २०७८ असोज १० गते ११:३६

Advertisement

ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला परेको छ ।

असोज ४ गते कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव बागमती गाउँपालिका–१ घुसेल घुसेल स्थित बागमतीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

कपडाबाट परिवारले उनको शव पहिचान गरेका छन् ।

शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​

उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा छ ।

शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा ल्याइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री