शुक्रबार, १६ चैत २०८०

मंसिर २२-२३ मा नाडाको निर्वाचनसहितको साधारणसभा

समयपोष्ट २०७८ असोज १० गते ११:२९

Advertisement

नाडा आटोमोबाइल्स एसोसिएसनको ४५ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तय भएको छ ।

केन्द्रीय कार्य समितिको शुक्रबार होटल सोल्टीमा भएको बैठकले साधारणसभा आगामी मंसिर २२ र २३ गते होटेल सोल्टीमा हुने तय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ। नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसनसमेत गठन गरिसकेको जनाएको छ।

बैठकमा अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन प्रदेश अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर र कोभिडसँग जोगिन मास्कसमेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री