मंगलबार, ११ वैशाख २०८१

बिर्तामोडमा डिशहोमको फाइबरनेट सेवा विस्तार

समयपोष्ट २०७८ असोज १० गते ११:२५

Advertisement

बिर्तामोडमा डिशहोम फाइबरनेट सेवा विस्तार भएको छ ।

एक कार्यक्रमकाबिच अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन् । झापाका अन्य स्थानहरूमा समेत डीएच फाइबरनेट चाडै विस्तार गरिने बिक्री अधिकारी प्रज्जवल अधिकारीले जानकारी दिए ।

डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै छ ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री