शुक्रबार, १६ चैत २०८०

सरकार महिनावारीमा कर कहिलेसम्म?

पत्रपत्रिका २०७८ असोज ८ गते ६:१४

Advertisement

युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने बिरुद्ध प्रदर्शन गरेका छन्।

माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले सरकारसँग १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्याड तथा अन्य उत्पादनहरुमा लगाईएको खारेजीको माग गरेका हुन्।उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म? अर्थ मन्त्री ज्यू जवाफ कहिलेसम्म लगायतका नारा लेखिएको व्यानर बोकेका थिए।

दर्शनकारीहरुले महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी उत्पादनहरूलाई लक्जरी वस्तु अन्तर्गत राखेर तिनको आयातमा १३ प्रतिशत भ्याट तथा भन्सार महसुल नलगाउन माग गरेका छन्।

महिला वर्गले प्रत्येक महिना एक हप्ताको लागि, र हरेक महिना गरेर करिब ३८ वर्षसम्म रजस्वाला चक्र भएको बेला प्रयोग गर्ने स्यानिटरी उत्पादनलाईलक्जरी वस्तु अन्तर्गत राखीनु नीदनीय भएको उनीहरुले बताएका छन्। पछिल्लो केहि समय यता सामाजिक सञ्जालमा यस विषयमा बहस चलिरहेको छ। आजको नागरिक दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री