शनिबार, ८ वैशाख २०८१

अजोड इन्स्योरेन्सको तालिमहरु सम्पत्र

समयपोष्ट २०७८ असोज ७ गते १५:२०

Advertisement

अजोड इन्स्योरेन्सले प्रधान कार्यालयका , शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ्ग कर्मचारीहरुलाई इनहाउस मार्केटिंग ट्रेनिंगको आयोजना गरेको छ ।

भाद्र २९ गतेबाट भर्चुअल रुपमा सुरु गरिएको तीन दिने प्रशिक्षण कार्यक्रममा ५२ जना मार्केटिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

तालिममा २५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । उक्त तालिमहरुको संयोजन यस कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले गर्नु भएको थियो । उक्त तालिमहरुमा सहजिकरणको कार्य केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गर्नु भएको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको प्रादेशिक कार्यालय, हेटौडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता

तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका को वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम प्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पार्नुभएको थियो ।
अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन र सहजिकरण अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. २ का प्रमुख बद्रिनाथ शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री