शुक्रबार, १६ चैत २०८०

नगरपरिषद् नहुँदा विकास निर्माण प्रभावित

rss २०७८ असोज ७ गते १०:०८

Advertisement

पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा यस वर्ष विकास निमार्णका काम प्रभावित बनेका छन् ।

गत वर्ष २०७७ असार १० गते नगरसभामा आव २०७८÷७९ का लागि पेश गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् ।

बजेट वितरणमा जनप्रतिनिधिको विवाद सिर्जना हँुदै आएपछि हालसम्म पनि नगर परिषद् सम्पन्न हुन नसकेकाले नगरभित्र हुनुपर्ने सबै विकास निर्माणका काम प्रभावित बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिनुभयो ।

जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा लामो समयदेखि नगर परिषद् सम्पन्न हुनसकेको छैन । चालु आव २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरेर योजना कार्यान्वयन चरणमा जानुपर्ने बेलासम्म परिषद्सम्म नहुँदा नगरपालिकाको विकास निर्माणसँगै कर्मचारीको तलब निकासाको कामसमेत प्रभावित भएको हो ।

दश वडा रहेको उक्त नगरपालिकाका जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विषयलाई लिएर आपसी समझदारी नहुँदा नगर परिषद्मा ढिलाइ हँुदै आएको छ । चौध स्थानीय पालिका रहेको पर्साका १२ स्थानीय तहमा परिषद् सम्पन भई यस वर्षको कामसमेत सुरु भइसकेको अवस्थामा पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकाको यस वर्षको परिषद् सम्पन्न हुनसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री