बिहीबार, ६ वैशाख २०८१

पासाङ ल्हामु शेर्पाकी छोरी देखि अञ्जान शाक्यसम्म, फिर्ता हुँदै यी दश देशका राजदुत

समयपोष्ट २०७८ असोज ५ गते १८:५३

Advertisement

सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त निर्णयसंगै महेन्द्रबहादुर पाण्डेय (चीन),डा. वंशीधर मिश्र (बंगलादेश),नारदमुनि भारद्धाज (कतार),युवराज खतिवडा (अमेरिका),अञ्जान शाक्य (इजरायल),उदयराज पाण्डे (मलेसिया),दावाफूटी शेर्पा (स्पेन),डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) र लोकदर्शन रेग्मी (बेलायत) फिर्ता हुने भएका हुन् ।

जापानी राजदूत प्रतिभा राणालाई ओली नेतृत्वको सरकारले अर्को नियुक्ति नभएसम्म म्याद थप गर्दै राजदूत पदमा निरन्तरता दिएको थियो । राणा प्रधानमन्त्री शेरबहादुर देउवाकै सासु भएकीले उनी र ओमानकी राजदूत शर्मिला ढकाल पराजुलीको विषयमा मंगलबारको मन्त्रिपरिषद् बैठकले केही बोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री