बुधबार, १२ वैशाख २०८१

महालक्ष्मी लाईफको बीमा जागरण राष्ट्रिय अभियान सुरु

समयपोष्ट २०७८ असोज ४ गते १२:१५

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “युवासंग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा सुरुवात् गरेको छ ।

धुलिखेलमा शुक्रबार आयोजित राष्ट्रिय सम्मेलनले दुई वर्षे जागरण अभियानको उद्धघाटन गरेको हो ।

सम्मेलनमा मेची देखि महाकालीसम्मका नब्बे भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

“काम गरी आय आर्जन गरौँ-बीमा गरी सुरक्षित बनौँ” भन्ने मुल नाराका साथ बेरोजगार तथा कामको खोजीमा रहेका युवाहरुलाई आर्थिक रुपमा सक्रिय बनाउने उदेश्य उक्त अभिष्यानको रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सरकारले नागरिकको शिक्षा,स्वास्थ र वृद्ध अवस्थाको ग्यारेण्टी गर्न नसकिरहेका अवस्था,स्वरोजगारीको प्रशस्त सम्भावना हुँदा हुँदै पनि युवाहरु विदेश पलायन भैरहेको अवस्थालाई मध्यनजर गर्दै सोही अभियानबाट युवाहरुलाई जागरुक बनाई उनीहरुमार्फत समाजमा विमा प्रति जागरण ल्याउने गरी कार्यक्रम तर्जुमा गरिएको छ ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा,प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तथा विमा क्षेत्रसंग दुई दशकदेखि जोडिएका स्वास्थ विमा बोर्डका कार्यकारी निर्देशक, विमा विज्ञ डा दामोदर बस्बौलाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । बिमा जागरण राष्ट्रिय अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देशभरका अधिकृत र अभिकर्ता सम्मिलित केन्द्रीय कमिटी गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्ताहरुलाई समावेश गरी २०७८ पौष मसान्तभित्र जिल्ला जागरण अभियान समिती गठन गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । २०७९र०७९ भित्र यो कार्यक्रम सञ्चालन गर्न कम्पनीले बीस लाख बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री