शुक्रबार, ७ वैशाख २०८१

भरतमणाी पाैडेलले जिते कमेडी च्याम्पियनको उपाधी

समयपोष्ट २०७८ असोज ३ गते ६:५४

Advertisement

कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् ।

फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले पाए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएकाे रियालिटी शाे कमेडी च्याम्पियन उपाधी विजेता पाैडेलले पुरस्कार स्वरूप कार पाएका छन् । उनले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।

भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो ।

सोही प्रस्तुतिका करण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए ।

ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।

सो अवसरमा आचार्यले कमेडी च्याम्पियन हास्यब्यङ्ग्यको क्षेत्रका लागि राम्रो प्लेटफर्म भएको बताए । कार्यक्रमले देशलाई संसारसँग जोडेको पनि उनले धारणा राखे ।

यो पनि

भरतमणी उर्फ पूर्वयुवराज

प्रतिक्रिया

सम्बन्धित सामाग्री