बिहीबार, १५ चैत २०८०

१४ महिनामा चुनाव हुन्छ १५ महिनामा सरकार बन्छ त्यसपछि यी आइसका डल्ला कता बिलाउँछन् : ओली

समयपोष्ट २०७८ असोज २ गते १६:५५

Advertisement

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार अत्यन्तै अन्यायीपूर्ण र दमनकारी ढंगले उत्रिन थालेको बताएका छन्।

उनले शनिबार बानेश्वरस्थित आयोजित नेपाल निजामती कर्मचारी संगठनको ८औं केन्द्रीय बैठक र राष्ट्रिय भेलामा सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्। उनले सरकार जनताप्रति उत्तरदायी समेत नभएको बताए।

अबको १४ महिनापछि सरकारले अनिवार्य रूपमा चुनाव गराउनुपर्ने साथै त्यस चुनावपछि आफ्नो सरकार बन्ने उनको दाबी छ।

आफ्नो सरकार आएपछि भने अहिलेको सरकार फ्रिजमा बनेको आइसबाहिर निकालेपछि पग्लिएजस्तै हुने टिप्पणी गरे।

‘१४ महिनामा चुनाव हुन्छ १५ महिनामा सरकार बन्छ त्यसपछि यी कता हराउँछन्, कता बिलाउँछन्। यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफैं परेको आइस होइन यो’ उनले भने, ‘यी डल्ला फ्रिजबाट बाहिर राखेको एकछिनपछि पग्लिएर जान्छ। धेरै चिन्ता गर्नुपर्दैन आफ्ना सही र मान उद्देश्यमा अगाडि बढ्नुहोस् ।’

‘म प्रधानमन्त्री छँदै, अलि अगाडि नेपालको दोस्रो पार्टीले कर्मचारीहरू भेला गरे। तर त्यहाँ एकपछि अर्को नेताको निर्देशन के रह्यो भने सरकारलाई असहयोग गर भन्दै निर्देशन दिइयो। म छक्क परें’ उनले भने ‘एउटा देशको नेताले सरकारलाई असहयोग गर भनेर कसरी कर्मचारीलाई निर्देशन दिन्छ। मलाई अचम्म लाग्यो। मलाई आश्चर्य लाग्यो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री