बिहीबार, १३ वैशाख २०८१

एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ

समयपोष्ट २०७८ असोज १ गते १९:३१

Advertisement

सुदूर पश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्रीको सपथ गराएका हुन् ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री