शुक्रबार, १६ चैत २०८०

ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यु आर कोड सेवा

समयपोष्ट २०७८ असोज १ गते १३:५२

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले काठमाडौँको ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्यु आर कोड सेवा संचालनमा ल्याएको छ ।

यससंगै ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्नु हुनेछ ।

यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

यसै क्रममा बैंकले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेकाले उक्त स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नुहुनेछ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री