बिहीबार, १३ वैशाख २०८१

भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा बागमती निम्न माध्यमिक विद्यालयको भवन निर्माण

समयपोष्ट २०७८ भदौ ३१ गते २१:०८

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा मकवानपुरमा निर्मित विद्यालय भवनको शिलान्यास गरिएको छ ।

जिल्लाको लिटी खोला, फापरबारीमा रहेको बागमती निम्न माध्यमिक विद्यालयको शिलान्यास भारत सरकारको तर्फबाट नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज तथा नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समिति, मकवानपुर, विद्यालय व्यवस्थापन समिति तथा स्थानिय प्रतिनिधिहरूद्वारा गरिएको हो ।

उक्त भवन भारत सरकारको ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

भारत सरकारको अनुदान, ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत, १० कक्षा कोठा, फर्नीचर तथा सरसफाइ संसाधन सहित दूई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरीएको थियो । यो परियोजना भारत सरकार र नेपाल सरकार बीच सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजना को रूप मा लिईएको थियो।

बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोला (बागेरी) मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो । पछि २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भयो। हाल ३५५ विद्यार्थीहरु स्कूल मा पठनपाठन गरिरहेका छन्।

यस विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा आजादीको ७५ बर्षगाँठ मनाउन “आजादी का अमृत महोत्सव” अन्तर्गत शुरू गरिएका विभिन्न गतिबिधिहरूमा एक कोशेढुङ्गा रहेको भारतीय दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री