बुधबार, १२ वैशाख २०८१

चरी जेलैमा’ को युट्युबमा नयाँ कीर्तिमान

समयपोष्ट २०७८ भदौ ३० गते १३:०३

Advertisement

गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा दुई करोड बढी भ्युज पाउन सफल भएको छ ।

गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाउन सफल भएको हो । सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ ।

गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ । यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री