बिहीबार, ६ वैशाख २०८१

नरगिसले भनिन्-उदय चोपडासँगको सम्बन्ध लुकाएकोमा पछुतो लागिरहेछ

समयपोष्ट २०७८ भदौ ३० गते १२:२५

Advertisement

अभिनेत्री नरगिस फाखरीले अभिनेता उदय चोपडासँग प्रेम सम्बन्धमा रहेको स्विकार गरेकी छन् ।

यद्यपि उनीहरुको अहिले ब्रेकअप भैसकेको छ । ब्रेकअपपछि नरगिसले आफु उदय चोपडासँग पाँच वर्षसम्म डेटमा रहेको स्विकार गरेकी हुन् । उनले त्यतिबेला आफ्ना सम्बन्ध राम्रो रहेको समेत बताईन् ।

तर, दुनियाँसामु सम्बन्धलाई लुकाएकोमा आफुलाई अहिले पछुतो लागेको नरगिसले बताईन् । रकस्टार समेत रहेकी उनले सन् २०११ मा बलिउड डेब्यु गरेकी हुन् ।

नरगिसका अनुसार उनीहरुको ब्रेकअप भएको एक वर्ष बितिसकेको छ । उनले उदय निकै राम्रो व्यक्ति रहेको बताइन् । उनले आफुलाई उदयसँगको सम्बन्धबारे नबोल्नु भनिएकाले आफुले यसअघि केही नबोलेको बताएकी छिन् ।

नरगिसले मद्रास क्याफे, मै तेरा हिरो, अजहर, हाउसफुल ३ र अमावसजस्ता फिल्ममा अभियन गरेकी छिन् । पछिल्लोपटक उनी सञ्जय दत्तको फिल्म टोरबाजमा देखिएकी थिइन् ।

रकस्टार समेत रहेकी उनले सन् २०११ मा बलिउड डेब्यु गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री