बुधबार, १२ वैशाख २०८१

अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

समयपोष्ट २०७८ भदौ २८ गते १३:०३

Advertisement

अल्का अस्पतालमा ९७ वर्षिय बृद्धको हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।

ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हार्इ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।

चिकित्सक अमात्यले मुटु रोगीसमेत रहेकी ९७ वर्षको बृद्धको उच्च सावधानी अपनाएर शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल भएको बताए । उनले यो शल्यक्रिया दुर्लभ भएको पनि बताए । उनले सामान्यतया बृद्ध र मुटु रोगीहरुलाई यस्तो शल्यक्रियाको लागि सुझाव नदिने भएपनि शाहीले शल्यक्रिया सफल हुनु चिकित्सा क्षेत्रकै लागि सफलता भएको बताए ।

केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको र अहिले हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिस्चार्ज भइसकेको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री