बिहीबार, १३ वैशाख २०८१

हामीले नेपालको समग्र आर्थिक वृद्धिदरलाई सहयोग हुने काम गर्नुपर्छ

समयपोष्ट २०७८ भदौ २७ गते १७:०२

Advertisement

भर्खरै मात्र मौद्रिक नीति आएको छ । बैङ्कको पाटोबाट हेर्दा यसले बैङ्कको समस्या कत्तिको सम्बोधन गर्न सक्यो ?

मौद्रिक नीति अलि विषम परिस्थित, दुई आर्थिक वर्षमा लगातार कोभिडको प्रभाव र अझै पनि कोभिडको अनिश्चितता बाँकी भइरहेको परिवेशमा आएको छ । अहिलेको समयमा बैङ्किङको समस्याभन्दा पनि बैङ्कलाई कसरी अगाडि लिएर जाने, बैङ्कमा अहिले भएका जोखिम कसरी व्यवस्थापन गर्ने, बैङ्किङलाई दीर्घकालीनरुपमा कसरी अगाडि बढाउने भन्ने कुरामा ध्यान केन्द्रित गर्न खोजेजस्तो लाग्छ । गत वर्ष व्यापारी, व्यवसायीलाई सपोर्ट गर्ने किसिमले आएको थियो । यसपालि विशेषगरी कोभिडबाट प्रभावित व्यवसायलाई पुनर्संरचना र पुनर्तालिकी गर्न दिएर त्यसलाई केही समय दिने अवस्थाले गर्दा बैङ्किङमा अहिले त्यस्ता खालका पोर्टफोलियोहरुलाई केही राहत दिएर अगाडि बढाउन सजिलो भएको छ । अर्को, जुन लगातार १८–२० महिनाको विषम परिस्थिति थियो, त्यसको कारणले गर्दा बैङ्किङमा जोखिम बढ्न सक्ने भएको हुनाले लोनको ग्रोथलाई एउटा लेवलमा कण्ट्रोल गरेर १९ प्रतिशतको टार्गेट राखिएको छ । गत सालको आर्थिक वर्षमा करिब २८ प्रतिशतभन्दा बढीको ग्रोथ भएको थियो । त्यसलाई केही लेवलमा कन्टेन गर्ने गर्दा जोखिमलाई व्यवस्थापन गर्न खोजिएको हो कि जस्तो देखिन्छ । अर्को, रिपो रेट, इन्टरेष्ट करिडोर लोओर रेञ्जको रेटलाई बढाएर डिपोजिटरहरुले पनि उचित रिर्टन पाउनुपर्छ, डिपोजिट सिष्टममा ल्याइरहनुपर्ने आवश्यकतालाई पनि ध्यान दिएर समग्रमा भन्नुपर्दा अप्ठ्यारो परिस्थितिमा सन्तुलित किसिमले अहिलेको समस्याको समाधानको बाटो खोजेको जस्तो देखिन्छ । यसमा अझै निर्देशन आउनै बाँकी छ । निर्देशन आएपछि हामीलाई अझ बढी स्पष्ट हुन्छ ।

सीसीडी रेसियो खारेजमा विभिन्न बहसहरु भइरहेका छन् । यो यहाँहरुको माग हो कि के हो ?

सीडी रेसियोको सूत्र र परिभाषा के हुन्छ ? त्यो लेण्डेबल फण्डमा रहन्छ कि इनभेष्टमेण्ट गर्ने फण्डमा रहन्छ ? भन्ने कुरा फरक हो । लेण्डेबल फण्डमा रहने अवस्था रह्यो भने एउटा अवस्था रहन्छ । छुट्टिएर इन्भेष्टमेण्ट गर्न मिल्ने फण्डमा रह्यो भने लोन दिन सकिएला । ग्रोथको रेट १९ प्रतिशतमात्र राखिएको हुनाले त्यसमा सर्टेन व्यवस्था हुन्छ भन्ने आशा गरेका छौं ।

सीसीडी रेसियो अन्य देशमा नभएको, नेपालमा मात्र भएको अवस्था थियो । त्यसलाई बैङ्कर्स एसोसियसनको तर्फबाट पनि हुनुहुँदैन भन्ने माग उठिरहेको थियो । राष्ट्र बैङ्कले त्यही कुरालाई हेरेर नै यसलाई लागु गरेको हो । पोहोर साल कोभिड भइरहँदा पोष्ट लकडाउनको समयमा मौद्रिक नीति आएको थियो । त्यतिबेला मार्केट अपरेसन गरेर अप्ठ्यारोमा परेको व्यवसायलाई लिक्विडिटी नभइदिने हो भने अप्ठ्यारो पर्न सक्ने स्थिति थियो । त्यसलाई नै हेरेर त्यतिबेला सीसीडीलाई ८० बाट ८५ पुर्याइएको थियो, जुन अस्थायीरुपमा ल्याइएको थियो । त्यसलाई खारेज गरेर नयाँ सीडी रेसियोको अवधारणा ल्याइएको छ । त्यसको निर्देशन आउन बाँकी नै छ । कस्तो र कुन–कुन कुरालाई गर्ने भनेर विस्तृतमा आइसकेपछि त्यसको प्रभाव कस्तो खालको पर्न सक्छ भन्ने कुरा हो । ९० प्रतिशतको सीडी रेसियो बनेको छ । अहिलेको अवस्थामा पुँजी बाहिर निस्किरहेको अवस्था छ । त्यसमा फण्ड हाम्रो त्यही नै हुन्छ । तरलता त्यही हुन्छ । सीडी रेसियोको सूत्र र परिभाषा के हुन्छ ? त्यो लेण्डेबल फण्डमा रहन्छ कि इनभेष्टमेण्ट गर्ने फण्डमा रहन्छ ? भन्ने कुरा फरक हो । लेण्डेबल फण्डमा रहने अवस्था रह्यो भने एउटा अवस्था रहन्छ । छुट्टिएर इन्भेष्टमेण्ट गर्न मिल्ने फण्डमा रह्यो भने लोन दिन सकिएला । ग्रोथको रेट १९ प्रतिशतमात्र राखिएको हुनाले त्यसमा सर्टेन व्यवस्था हुन्छ भन्ने आशा गरेका छौं ।

९० प्रतिशत सीडी रेसियो लागु गर्दा तरलता र कर्जा प्रवाहमा कस्तो असर पर्छ ?

तरलता त एउटै हुने भयो । पैसा पनि सिष्टममा जे छ, त्यही हुने हो । त्यसलाई प्रभाव पार्ने थुप्रै तत्वहरु हुन्छन् । त्यो छुट्टै कुरा भयो । तर, सीडी रेसियो र सीसीडी हुँदा पनि तरलताको अवस्था त्यही नै हो । त्यहाँ फर्मुलामा हुने परिवर्तनले पुँजीलाई गणना नगर्ने अथवा के–के कुरालाई गणना गर्ने/नगर्ने भन्ने कुराले त्यो लेण्डेबल फण्डमा अभाइलेबल हुन सक्छ कि सक्दैन भन्ने कुरा हो । त्यसकारण त्यसले खासै फरक पार्दैन ।

एक करोडभन्दा कमका एसएमई कर्जामा व्याजदरको सीमा निर्धारण गरिएको छ । भर्खरै एसएमईतिर आकर्षित भइरहेका बैङ्कलाई त्यसले कत्तिको असर गर्छ ?

अहिले जुन अवस्था छ, त्यसले सानो–सानो लोनमा सञ्चालन खर्च, छरिएर रहेकालाई एकै ठाउँमा ल्याउँदा शाखाहरुको सञ्चालन खर्च र जोखिम हेर्दा केही गाह्रो हुन सक्ने अवस्था रहन्छ । कुन खालको लोनमा जाने भनेर अझै पनि स्पष्टता आइसकेको छैन । विशेषगरी ट्रेडिङ टाइपका लोनहरु गर्दा नहुनुपर्ने हाम्रो बुझाइ हो । कोर प्रडक्टिभ सेक्टरमा गर्दा त्यक्तिको क्रियाकलाप बढाउँदा राम्रो नै होला । तर, ट्रेडिङ, सर्ट ट्रमसँग सम्बन्धितमा हामीले सानै भए पनि चार्ज गर्न पाउनुपर्ने अवस्था रहनुपर्छ ।

कोरोनाको दोस्रो लहर ले बैङ्किङ क्षेत्रमा कत्तिको प्रभाव पार्यो ?

लामो समयसम्मको लकडाउनले बिजनेस पूरा अवस्थामा गर्न नसकेको अवस्था हो । पहिलोबाट दोस्रो चरणको कोभिडको लहरमा आइपुग्दा बिजनेसलाई सामान्य तहमा गर्न सक्ने खालको अवस्था बनेको हामीले पायौं । केही विशिष्ट क्षेत्रहरु जस्तो– यातायात, पर्यटन, मनोरञ्जनको क्षेत्रबाहेकमा हाम्रो जुन कारोबार भयो, त्यसमा धेरै नकारात्मक अवस्था नभएको देखियो । तर होटल, रेष्टुरेण्ट, पर्यटनसँग सम्बन्धित क्षेत्रहरुमा र सार्वजनिक यातायातका क्षेत्रमा अहिल मार परेको छ । त्यो अझै केही समय जारी नै रहन्छ । त्यसबाहेकका क्षेत्रहरुले राम्रै गरेको अवस्था छ ।

कोभिडको बीचमा सबै क्षेत्रहरु धरासायी भएका छन् । बैङ्किङ क्षेत्र मात्र सधैँ नाफामा जानुको कारण के हो भन्ने पब्लिकको प्रश्न छ । सबैले बुझ्ने गरी बताइदिनु होस् न ?

कोभिडको समयमा विदेशबाट मानिसहरु नआउने, आवत–जावतलाई बन्देज गरेको अवस्था रह्यो । यसले होटल, यातायात, मनोरञ्जनको क्षेत्रमा नकरात्मक असर गर्नु स्वभाविक नै हो । त्योबाहेकको अन्य क्षेत्रमा बिजनेस राम्रै भएको छ जस्तो लाग्छ । व्यवसाय राम्रो भएर नै बैङ्कहरुमा इन्टरेष्टको रिकभरी भइरहेको छ । गत वर्षभन्दा बैङ्कहरुले राम्रो गरेका पनि छन् । लोनको ग्रोथ पनि भइरहेको छ । गत वर्षमात्रै ८ सय अर्बभन्दा बढी लोन बिजनेस सेक्टरमै गएकोे छ । ती डिमाण्डहरु पक्कै पनि बिजनेस राम्रै भएकोले नै भएको हो । त्यसकारण अन्य क्षेत्रहरु खत्तम भए, बैङ्किङ क्षेत्रमात्र राम्रो भयो भन्ने कुरा मिलिरहेको छैन । बैङ्किङ र बिजनेस क्षेत्र ह्याण्ड इन ह्याण्ड जानुपर्ने हुन्छ । त्यो क्षेत्र खत्तम नै भएको दिनमा बैङ्किङ क्षेत्र मात्र एक्लै अगाडि बढ्न सक्दैन । लङ रनमा त्यस्तो हुन सक्दैन ।

नाफालाई अलि नजिकबाट गहिरिएर हेर्ने हो भने आठ सय अर्बभन्दा बढी लोन बढ्नु भनेको २८–२९ प्रतिशतको ग्रोथ लोनमा मात्र गएकोे छ । त्यो भनेको बैङ्कले आफ्नो हिसाबले जोखिम लिएर गरेको हो ।

बैङ्किङ क्षेत्रका सम्पूर्ण क्रियाकलाप व्यावसायिक क्षेत्रसँग निर्भर हुन्छन् । व्यावसायिक क्षेत्रकै कारण बैङ्किङ क्षेत्र अगाडि बढ्ने हो । मेरो विचारमा अन्य क्षेत्रहरुले पनि राम्रो नै गरिरहेका छन् । बैङ्किङ क्षेत्रको नाफा राम्रै देखिएको होला । नाफालाई अलि नजिकबाट गहिरिएर हेर्ने हो भने आठ सय अर्बभन्दा बढी लोन बढ्नु भनेको २८–२९ प्रतिशतको ग्रोथ लोनमा मात्र गएकोे छ । त्यो भनेको बैङ्कले आफ्नो हिसाबले जोखिम लिएर गरेको हो । त्यो गर्दा बैङ्कको कोर याक्टिभिटिजमा नेट इन्टरेष्ट इनकम अथवा कोर इनकम खासै बढ्न सकेको अवस्था छैन । कतिपय बैङ्कहरुको पहिलेको भन्दा घटेको अवस्था छ । बढेको अवस्थामा पनि मार्जिनल ग्रोथमात्र देखिरहेका छौं । चार–पाँच वर्षयता बैङ्किङमा जुन किसिमले पुँजीहरु वृद्धि हुँदै गएको छ, नयाँ पुँजी राखिएको छ, त्यो पुँजीको लेवल र बैङ्कहरुको रिर्टनलाई हेर्ने हो भने आजको दिनमा बैङ्कको रिर्टन गत ५–१० वर्षदेखि लगातार २२–२३ प्रतिशतको रिर्टन अन लिक्विडीटी हुन्थ्यो भने त्यो घट्दै–घट्दै आएर ११–१२ प्रतिशतमा पुगेको छ । बैङ्किङले याब्सुलुट अमाउण्टमा नाफा गरेको देखियो तर त्योअनुसार रिर्टन वाइजमा बैङ्किङको नाफा दर घट्दो अवस्थामा छ, जुन अन्य व्यवसायसँग तुलना गर्ने हो भने कम नै हो ।

बैङ्कहरुले घर–गाडीमा जसरी फाइनान्सिङ गर्न रुचि दिन्छन्, त्यसैगरी कृषि, जलविद्युत्, स्टार्टअपलगायतमा धेरै दुःख दिन्छन् भन्ने सुनिन्छ । त्यतातिर ती क्षेत्रमा लोन बढावा दिन के गर्नुपर्छ ?

हाम्रो आफ्नै बैङ्कको कुरा गर्दा त्यस्तो छैन । हामी सबैमा व्यालेन्सरुपमा गइरहेका छौं । सहुलियतपूर्ण कर्जाको कुरा गर्दा बिनाधितो ३५ सयभन्दा बढी कर्जा गत सालमात्र प्रवाह ग¥यौं । शाखाको हिसाबले गर्दा १८–१९ सयमात्र गरे पुग्थ्यो । हामी जुनसुकै क्षेत्रमा पनि जहाँ बैङ्कलाई सर्टेन लेवलको रिर्टन पनि हुन्छ र हामीलाई डिपोजिटरको पैसा लिएर गरेका हौं, त्यसको सुरक्षित किसिमले रिर्टन हुन्छ भन्ने लाग्यो भने हामी सबै क्षेत्रमा गइरहेका छौं । जुन तरिकाले बैङ्कहरुले शाखा विस्तार गरे । आफूहरुलाई दुर्गम क्षेत्रमा पनि लगे । ७ सय ५४ मध्ये अधिकांशले एउटा–दुईटा बाहेक सबै ठाउँमा बैङ्क पुगेर बैङ्किङ सेवा प्रवाह गरिरहेका छन् । कन्जुमर लोनमात्र गर्ने हो भने सहरमा मात्र केन्द्रित भएको भए भइहाल्थ्यो तर त्यो होइन । हामीले पनि बैङ्किङ क्षेत्रलाई त्यो लेवलमा लैजान सकिएन भने भोलिका दिनमा हामीलाई अप्ठ्यारो पर्न सक्छ । सम्पूर्ण अर्थतन्त्रलाई सपोर्ट हुने किसिमले हामीले योगदान गर्न सकेनौं, बैङ्किङ क्रियाकलापलाई लैजान सकेनौं भने भोलिको दिनमा त्यो समस्या परिहाल्छ । बिजनेस सेक्टरलाई नकारात्मक असर परिसकेपछि आर्थिक वृद्धि हुन नसक्दा सबैभन्दा बढी र पहिले प्रभावित हुने क्षेत्र नै बैङ्किङ हो । त्यसकारण हामी यो कुरामा एकदम सचेत छौं । हाउजिङ लोन पनि बैङ्कहरुको एउटा बिजनेस पार्ट नै हो । त्यसबाट पनि धेरै किसिमका क्रियाकलापहरु हुन्छन् । यसले रड, सिमेण्टलगायतका यससँग जोडिएका उद्योगहरुमा माग बढाउन भूमिका खेल्छ । त्यसकारण त्यो क्षेत्रमा जान एक किसिमले आवश्यक रहन्छ । तर, सन्तुलित ढङ्गले जान जरुरी छ । ती कुरामा बैङ्किङ क्षेत्र सचेत छ ।

रिटेल क्रेडिट, कञ्जुमर क्रेडिटहरु स्ट्रेट फरवार्ड किसिमको हुन्छ, जहाँ अहिले सजिलो किसिममा होला । तर, कुनै नयाँ कामहरु गर्दा अलिकति सूचनाको खाँचो रहन्छ । क्रेडिटको लोन यासेसमेण्ट गर्न केही समय लाग्ला । यो सुरुको समय भएको हुँदा एउटा टाइम पुगिसकेपछि बैङ्कहरुलाई पनि त्यो लेवलमा कन्फिडेन्स हुन्छ । हामीले त अनलाइनबाटै पाँच मिनेटमै लोन दिने, बिनाधितो लोन दिने प्रक्रिया सुरु गरिरहेका छौं ।

हामीसँग जति लोन छ, त्योभन्दा चार सय, पाँच सय अर्ब बढीको डिपोजिट बोकेर बसेका छौं । बैङ्किङ क्षेत्रले ४४ सय अर्बभन्दा बढीको डिपोजिट बोकेर बसिरहेको छ । हरेक डिपोजिटरलाई हामीले एक दिन पनि ढिलो नगरी व्याज दियौं । लोनको व्याज त हामीले कति बेला पाएनौं पनि । कति बेला राष्ट्र बैङ्कको कारणले पनि पछाडि सारियो । त्यसकारण बैङ्कको त्यो खालको रोलको कुरालाई पनि बुझ्न जरुरी हुन्छ ।

सानो किराना पसल सञ्चालन गर्नेलाई समेत लोन पुर्याउने काम गरिरहेका छौं । यसको पहुँच अझ पुर्याउनुपर्ने हुन्छ । तर, सर्टेन लेवलको इनफर्मेसन, डकुमेण्ट चाहिन्छ । सर्टेन डिपोजिटरको पैसा लिएपछि हामीहरुले उहाँहरुलाई रिर्टन त दिनुपर्यो । अहिले कतिपय ऋणहरुलाई हामीले पछाडि सारिरहेका छौं । पहिलो लकडाउनमा कति पैसा उठ्न नसकिरहेको पनि थियो । हामीले डिपोजिटरलाई एक दिन पनि ढिलो गरेर व्याज दिएनौं । हामीसँग जति लोन छ, त्योभन्दा चार सय, पाँच सय अर्ब बढीको डिपोजिट बोकेर बसेका छौं । बैङ्किङ क्षेत्रले ४४ सय अर्बभन्दा बढीको डिपोजिट बोकेर बसिरहेको छ । हरेक डिपोजिटरलाई हामीले एक दिन पनि ढिलो नगरी व्याज दियौं । लोनको व्याज त हामीले कति बेला पाएनौं पनि । कति बेला राष्ट्र बैङ्कको कारणले पनि पछाडि सारियो । त्यसकारण बैङ्कको त्यो खालको रोलको कुरालाई पनि बुझ्न जरुरी हुन्छ ।

चार–पाँच वर्षयता हामी कन्सिष्टेण्ट वे मा बिस्तारै अघि बढिरहेको बैङ्क हौं । ग्रोथ हामीले राम्रो गर्यौं। जुन–जुन क्षेत्रमा अवसरहरु थिए । यसपालि अहिले बढी ग्रोथ एसएमई, माइक्रो एसएमई क्षेत्रबाट आएको छ । वित्तीयरुपमा पनि बिस्तारै ग्रोथ हुँदैछ । त्यसबाहेक प्रोजेक्ट साइडमा पनि कोभिडकै टाइममा पनि हाइड्रो पावर प्रोजेक्ट, होटलका केही प्रोजेक्टमा पनि लगानी बढायौं ।

एनएमबी बैङ्कको पछिल्लो अवस्था कस्तो छ ? अन्तिम क्वार्टरको रिजल्ट पनि उत्साहजनक छ । कोभिडकै बीचमा यो कसरी सम्भव भयो ?

गत वर्ष पनि हामीले चारै क्वार्टरमा एउटै किसिमको पर्फमेन्स गर्यौं । कुनै क्वार्टर एकदमै बिजनेस गर्न गाह्रो, कुनै एकदमै सहज थियो । तर, हामी व्यालेन्स अप्रोच, प्रुडेण्ट अप्रोचमा काम गरिरहेका छौं । त्यसले गर्दा चार–पाँच वर्षयता हामी कन्सिष्टेण्ट वे मा बिस्तारै अघि बढिरहेको बैङ्क हौं । ग्रोथ हामीले राम्रो गर्यौं। जुन–जुन क्षेत्रमा अवसरहरु थिए । यसपालि अहिले बढी ग्रोथ एसएमई, माइक्रो एसएमई क्षेत्रबाट आएको छ । वित्तीयरुपमा पनि बिस्तारै ग्रोथ हुँदैछ । त्यसबाहेक प्रोजेक्ट साइडमा पनि कोभिडकै टाइममा पनि हाइड्रो पावर प्रोजेक्ट, होटलका केही प्रोजेक्टमा पनि लगानी बढायौं । हामीले दीर्घकालीन सोच राखेर अहिलेको समस्या अल्पकालीन समस्याको रुपमा लिएर भोलिका दिनमा सम्पूर्ण आर्थिक क्रियाकलापलाई सपोर्ट गर्ने प्रोजेक्टमा हामी लागिरहेका छौं । बैङ्कहरुमा यसपालि सेयरमा लगानी गरेर नाफा देखाउने पनि देखियो तर हामीले त्यस्तो गरेनौं र त्यसले गर्दा हामी अलि लगातार र सन्तुलितरुपमा गइरहेका छौं ।

हामीले पहिचान गरेका ठूला क्षेत्रमध्ये कृषि, पर्यटन, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ । उत्पादनमुखी हुने कुरामा सरकारको पनि प्राथमिकता रहँदै आएको छ । आयातलाई प्रतिस्थापन गर्ने क्षेत्रहरुमा पनि केन्द्रित भएर जान्छौं ।

बैङ्कका आगामी योजना के–के छन् ?

वर्तमान स्थिति कसरी अगाडि जान्छ भनेर हामीले हेरिरहेका छौं । हामीले निकट भविष्यमा २० वटा शाखा खोल्दै छौं । देश सङ्घीय संरचनामा गइसकेपछि राजमार्गहरु बनिरहेका छन् । त्यस्ता क्षेत्रहरुमा शाखा विस्तार गर्ने र वित्तीय पहुँचलाई अझै अगाडि लैजाने कोसिसमा छौं । अर्को कृषि, एसएमईलगायतका क्षेत्रमा हामी निरन्तर अगाडि बढ्छौं । हामीले पहिचान गरेका ठूला क्षेत्रमध्ये कृषि, पर्यटन, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ । उत्पादनमुखी हुने कुरामा सरकारको पनि प्राथमिकता रहँदै आएको छ । आयातलाई प्रतिस्थापन गर्ने क्षेत्रहरुमा पनि केन्द्रित भएर जान्छौं । हामीले नेपालको समग्र आर्थिक वृद्धिदरलाई सहयोग पुग्ने किसिमले काम गर्नुपर्छ । त्यो भइसकेपछि त्यसैभित्रबाट अवसर पाइन्छ भन्ने हाम्रो बुझाइ हो । त्यसमै हामी लागिरहेका छौं । हामी दिगो व्यवसाय जसले थुप्रै अवसरहरु सिर्जना गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ, विदेशबाट फर्किएका नागरिकहरुलाई पनि सहयोग होस् भनेर लागिरहेका छौं । हामीले प्रदेश नं. २ मा शाखा विस्तार गर्दैछौं । त्यहाँ क्रियाकलाप बढाउन सकियो भने भोलिको दिनमा ओभरअल नेपाललाई नै सपोर्ट हुन्छ भन्ने हाम्रो मान्यता हो । समयबोध म्यागेजिनको भदौं अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री