बिहीबार, १३ वैशाख २०८१

‘विश्व विद्युतीय गाडी दिवस’ को अवसरमा निशानको दक्षिण एसियामा ग्रीन मिसन सेसन

समयपोष्ट २०७८ भदौ २५ गते १०:०६

Advertisement

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले दक्षिण एसियामा ग्रीन मिसन सेसनको आयोजना गरेको छ ।

निशानले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसन आयोजना गरेको हो ।

सो सेसनमा नेपाल र भुटानमा पर्याप्त जलविद्युत उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना रहेको बारे छलफल भएको थियो । यसैगरी यस क्षेत्रमा सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने बारे पनि छलफल भएको कम्पनीले जनाएको छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ इभी निसान कार विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री