शुक्रबार, १४ वैशाख २०८१

सेयर बजारमा ४४ अंकको गिरावट्

समयपोष्ट २०७८ भदौ २२ गते १६:२०

Advertisement

सेयर बजार ४४ अंकले घटेको छ ।

मंगलबार सेयर बजार ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा झरेको छ । आज २ सय २२ कम्पनीको सेयर किनबेच भएको छ ।

यसक्रममा आज ७ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भई १ करोड ५० लाख कित्ता सेयर मात्रै किनबेच भएको छ । यसक्रममा आज दुई वटा समूहमा सुधार आएको छ । आज अन्य र म्युचुअल फण्ड समूहमा सुधार आएको हो ।

अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट आएको छ ।

बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री