शुक्रबार, ७ वैशाख २०८१

युनिलिभरले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ भदौ २२ गते ११:२९

Advertisement

युनिलिभरले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ६५० रुपैयाँका दरले लाभांश घोषणा गरेको हो । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको जनाएको छ ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ । नगद लाभांशका लागि कम्पनीले यही असोज २५ गते बुक क्लोज हुने बताएको छ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिएको थियो ।

आजको दिनमा कम्पनीको प्रतिकित्ता सेयर २० हजार २८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री