शुक्रबार, ७ वैशाख २०८१

ज्वरोका कारण भारतमा भट्टाभट् मर्न थाले बालबालिका, २४ घण्टाभित्र सात बालबालिकाको गयो ज्यान

समयपोष्ट २०७८ भदौ १६ गते २०:४८

Advertisement

भारतको उत्तर प्रदेशको फिरोजाबादमा अज्ञात ज्वरोको कारण बालबालिकाको मृत्यु हुन थालेको छ ।

पछिल्लो २४ घण्टाभित्र थप सात बालबालिकाको मृत्यु भएको दैनिक भाष्करले उल्लेख गरेको छ । जिल्लामा अज्ञात ज्वरोका कारण १५ दिनभित्र मृत्यु हुनेको संख्या ५२ पुगेको छ । मेडिकल कलेजकी प्राध्यापक डा. संगीता अनेजाले दिएको जानकारी अनुसार १८५ बालबालिका अस्पताल भर्ना छन् । हालसम्म उनीहरुको मृत्युको कारण अर्थात् रोगको कारण केही पत्ता लाग्न सकेको छैन । यस्तोमा अस्पतालको स्थिति भयावह हुँदै गएको छ ।

फिरोजाबादको जिल्ला अस्पतालमा स्थिति निकै खराब हुँदै गएको छ । यहाँ हरेक घण्टा ८ देखि १० बिरामी बच्चा भर्ना गरिँदैछन् । जसका कारण बेडको अभाव हुन थालेको छ । शहरको सत्य नगर टापा कलामा बस्ने राजिवकी १२ वर्षकी छोरी नन्दनीको यो अज्ञात रोगका कारण मृत्यु भएको छ । राजिवले आफ्नी छोरीलाई दुई दिन अघि ज्वरो आएको र अस्पताल भर्ना गर्दासमेत उनको ज्यान बचाउन नसकेको जानकारी दिए ।

यो रोगबाट सबैभन्दा बढी प्रभावित शहर ऐलान नगरको कोलोनीमा बस्ने सरोजले ज्वरो त सबैलाई आइरहेको छ बालबालिकालाई यसले सबैभन्दा बढी असर पारिरहेको जानकारी दिए । बालबालिकालाई ज्वरो आउँछ । कमजोरी महसुस हुन्छ । अस्पताल लगिन्छ र एक वा दुई दिन भित्रै उनीहरुको मृत्यु भइरहेको छ । १० दिनभित्र यो कोलोनीबाट सात बालबालिकाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री