बुधबार, १२ वैशाख २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश

समयपोष्ट २०७८ भदौ १६ गते १९:०४

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।

एलआइसी नेपालल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ ।

२१ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक एल पी दासले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको छ प्रष्ट पार्नु भएको छ ।

कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गर्नुभयो

त्यसै गरी प्रमुख कार्यकारी एल पी दासले सबै स्टेकहोल्डरको आपसी सहयोग, सद्भाव सधैँ कायम राख्दै ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै आगामी दिनमा अनवरत रूपमा उत्कृष्ट बीमा सेवा प्रदान गरिरहने प्रतिवद्धता व्यक्त  गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री