बिहीबार, १३ वैशाख २०८१

प्रेस सेन्टरको महाधिवेसन आजबाट काठमाडौंमा

समयपोष्ट २०७३ असोज १३ गते ५:३४


काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन विहीबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

Advertisement

महाधिवेशनको उदघाटन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा गर्नेछन् ।

महाधिवेशनको बन्दसत्र  कार्की पार्टी प्यालेस बबरमहलमा हुने छ । महाधिवेशनमा करिब ६ सय प्रतिनिधि रहने बताइएको छ । 

राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुबाट ९५  सदस्यीय कार्य समिति गठन हुनेछ । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष ३, समावेशी उपाध्यक्ष २ (१ महिला अनिवार्य), महासचिव १ र उपमहासचिव १ जना चुनिनेछन् ।

यसैगरी सचिव खुल्ला ५, महिला सचिव १, आदिवासी जनजाति सचिव १, मधेसी सचिव १, दलित सचिव १ र कोषाध्यक्ष १ जना चुनिने निर्वाचन समितिले जनाएको छ ।

यसरी १९ सदस्यीय पदाधिकारी र सबै प्रदेश अध्यक्ष गरी २७ सदस्यीय सचिवालय गठन हुनेछ । ६३ जना सदस्यलाई महाधिवेशनले चयन गर्नेछ भने ५ जना सदस्यलाई केन्द्रीय समितिले मनोनित गर्नेछ ।

अध्यक्ष पदमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया, गोविन्द रोका ‘सचिन’ आकांक्षी छन् । सर्बसम्मतिको प्रयास भइरहे पनि बुधबार मध्यरातसम्म कसैले पनि आफ्नो दावी छोडेका छैनन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री