शनिबार, ८ वैशाख २०८१

सहकारी विकास बोर्डले गर्यो साझा प्रकाशनको जग्गा लीलामीमा निकाल्ने तयारी :प्रकाशनले प्रधानमन्त्री गुहार्यो  

समयपोष्ट २०७३ असोज १२ गते ६:४६

 

Advertisement

 काठमाडौं । साझा प्रकाशनको पुल्चोकस्थित सात रोपनी जग्गा  सहकारी विकास बोर्डले लीलामीमा निकाल्ने तयारी गरेपछि प्रकाशनले प्रधानमन्त्रीलाई गुहारेको छ । घाटामा गएको साझा प्रकाशनले सहकारी विकास बोर्डको ऋण तिर्न नसकेपछि जग्गा लिलामी रोक्न प्रधानमन्त्रीलाई गुहारेको हो । 

मङ्गलबार प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा सहितको मण्डल सिंहदरबार पुगी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जग्गा लिलामीको विषयमा जानकारी दिदै लिलामी रोक्न पहल गरिदिन आग्रह गरेका हुन् । दाहालले पनि आर्थिक सङ्कटमा पुगेको साझा प्रकाशनको जग्गा लिलामी हुन नदिने वचन दिएका छन । 

 प्रकाशनले कर्मचारीको दसैँ सुविधासहित पारिश्रमिक, उपदान, लेखकका लेखकस्व र विभिन्न व्यक्ति, निकाय र संस्थालाई ऋण तिर्न सरकारसँग रु ४० करोड सहुलियत ऋण माग्दै आएको छ । सरकारबाट सहयोग नपाए जग्गा बिक्री गरेर ऋण तिर्ने प्रकाशनको योजना छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री