शुक्रबार, ७ वैशाख २०८१

राष्ट्र बैंकले ५० को नोटमा हिमाली भेडाको चित्र हटायो :हिँउ चितुवाको तस्बिर भएको  ५० को नयाँ  नोट बजारमा 

समयपोष्ट २०७३ असोज ११ गते ५:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले  ५० दरका नयाँ नोटमा  ‘हिमाली भेडा ’ अर्थात थारको तस्बिर हटाई ‘हिँउ चितुवा’ को तस्बिर भएको  नयाँ नोट मंगलबारबाट बजारमा पठाउने भएको छ । 

Advertisement

बजारमा पठाउनका लागि नेपाल राष्ट्र बैंकका  गभर्नर  डा. चिरञ्जिबी नेपालले सोमबार साँझ मुद्रा व्यवस्थापक विभागलाई स्वीकृति दिएको राष्ट्र बैंकले जनाएको छ। अहिलेसम्म १०० को नयाँ नोट मात्र बजार उपलब्ध छ ।

 मंगलबार देखि भने ५० को पनि नयाँ नोट थपिने भएको हो ।गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर भएको र   नोटमा भएको पुरानो चित्र हटाएर नयाँ चित्र राखिएको नोट बजारमा पाइने छ ।

यसपाली देखि नेपाल राष्ट्र बैंकले एक हजारवाहेक सबै नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री