बिहीबार, १३ वैशाख २०८१

पूर्वगृहमन्त्री सवार कार त्रिशुली नदीमा खस्यो:तिनको मृत्यु

समयपोष्ट २०७३ असोज ९ गते १६:०९

काठमाडौं  । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा पूर्वगृहमन्त्री  माधव घिमिरे सवार कार त्रिशुली नदीमा खसेको छ ।

Advertisement

मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्वरको कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो ।

कारमा पुर्व गृहमन्त्री माधव घिमीरे सहित उनका दुर्इ भार्इहरू प्रकाशचन्द्र घिमिरे र मोहन घिमिरे सवार थिए ।

 कारमा सात जना रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको दारेचोक स्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको कारमा सवार सात मध्ये तिन जनाको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी प्रहरी असर्इ आरसी कार्की, पूर्व गृहमन्त्री घिमिरेकी आमा  चैतन्य कुमारी घिमिरे तथा आफन्त  नारायणप्रसाद काफ्लेको मृत्यु भएको छ ।

त्यस्तै घाइते चालक  विष्णु रार्इलाई उपचारका लागि भरतपुर लगिएको बताइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री