शनिबार, ८ वैशाख २०८१

प्रधानमन्त्रीले मेलम्चीको स्थलगत निरीक्षण गर्दै कर्मचारीलाई भने ‘आयोजना सम्पन्न गर्नेमा प्रतिस्पर्धा गर्ने संस्कारको विकास होस्’ 

समयपोष्ट २०७३ असोज ७ गते ११:४२

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने घोषणाबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गेका छन । 
शुक्रबार माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मासहित मेलम्ची पुगेका प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षणगर्दै  राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न आयोजनाका कर्मचारीहरुलाई निर्देशन दिए ।
‘म निरीक्षणका लागि भन्दा पनि अनुगमनका लागि आएको हुँ । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा छ, उनले भने ‘ त्यसैले म आफैले महत्व दिएर भ्रमणमा आएको छु । मेरो निर्देशन छ, निर्धारित समयभन्दा पहिल्यै आयोजना सम्पन्न गरेर पुरस्कृत हुनुहोस् ।’
प्रधानमन्त्रीले विकास आयोजना छिटो सम्पन्न गर्ने संस्कारमा प्रतिस्पर्धा गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए। ‘हामीकहाँ काममा ढिलाई गर्नमा प्रतिस्पर्धा हुने गरेको छ। उाले भने ‘ सरकार चाहन्छ, सबै आयोजनाहरु समयमै सम्पन्न गर्ने कुरामा प्रतिस्पर्धा गर्ने संस्कारको विकास होस्, सरकारलाई समयमै काम सम्पन्न गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने अवसर मिलोस् ।’
प्रधानमन्त्रीले सिन्धुपाल्चोक भूकम्प र प्राकृतिक प्रकोपबाट प्रताडित जिल्ला भएको भन्दै भूकम्प पीडितलाई राहत र पूनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । ‘सत्तामा अब राजा महाराजा छैनन्, हामी जनताकै बीचबाट आएका प्रतिनिधि हौं । जनताको पक्षमा काम गर्न पाउँदा मलाई विशेष गर्वको महशुस हुन्छ, उनले भने ‘भूकम्पपीडितको पक्षमा प्रभावकारी काम गर्न सरकार प्रयत्नशील छ ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री