शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा कैलालीमा

समयपोष्ट २०७३ असोज ७ गते ५:१६

 ग्लोबल आइएमई बैंकले कैलालीबाट दुई वटा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । कैलालीको ओलानी गाविस–६ गोदावरी र सोल्टा गाविस– ७ सुगारखालबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

Advertisement

बैंकले ओलानीमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय नविनबहादुर सिंह र सोल्टामा गरेको सेवाका लागि स्थानीय हिरादेवि जैसी लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले शाखाको उद्घाटन गरेका छन् ।

यी सहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या ४४ पुगेको छ । बैंकका ९१ शाखा, १ सय ३ एटिएम र ४४ शाखारहित बैंकिङ सेवा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री