शनिबार, ८ वैशाख २०८१

पछिल्लो २४ घण्टामा उपत्यकामा कति थपिए संक्रमित ?

समयपोष्ट २०७७ असोज ११ गते १६:४३

Advertisement

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् । उपत्यकासंगै पछिल्लो २४ घण्टामा थप एक हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ निको भएर डिस्चार्ज हुनेको संख्या ८८५ रहेको छ । हालसम्म नेपालमा कुल ५३ हजार ८९८ जनाले कोभिड १९ जितिसकेका छन् ।

अहिले नेपालमा जना ६ हजार २८१ क्वारेन्टिनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ३२१ र होम आइसोलेसनमा १० हजार ६९८ जना छन् । गत २४ घण्टामा १० हजार १२३ पीसीआर परीक्षण भएको छ र अहिलेसम्म देशमा कुल नौ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री