बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

समयपोष्ट २०७७ असोज ११ गते १६:३६

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ४७७ पुगेको छ । यसैगरी आइतबार देशभरमा एक हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ निको भएर डिस्चार्ज हुनेको संख्या ८८५ रहेको छ । हालसम्म नेपालमा कुल ५३ हजार ८९८ जनाले कोभिड १९ जितिसकेका छन् ।

अहिले नेपालमा जना ६ हजार २८१ क्वारेन्टिनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ३२१ र होम आइसोलेसनमा १० हजार ६९८ जना छन् । गत २४ घण्टामा १० हजार १२३ पीसीआर परीक्षण भएको छ र अहिलेसम्म देशमा कुल नौ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री