बिहीबार, ६ वैशाख २०८१

श्रद्धा कपुरले सुशान्तको नाम लिएर दिईन् यस्तो बयान

समयपोष्ट २०७७ असोज ११ गते १२:१८

Advertisement

बलिउड नायिका श्रद्धा कपुर दीपिका पादुकोण, साराअली खानसंगै करीब ६ घण्टा लामो बयान दिईन् ।

ड्रग्स मुद्दामा नाम जोडिएपछि शनिबार उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् ।

चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर ड्रग्स नलिएको उनले बयान दिएकी छिन् । चलचित्र ‘छिछोरे’मा श्रद्धाले नायक सुशान्त सिंह राजपुतसँग काम गरेकी थिइन् । सुशान्तको गेष्ट हाउस पवानामा भएको पार्टीमा श्रद्धा सहभागी भएकी थिइन् ।

भारतीय मिडियाका अनुसार श्रद्धाले बयानका क्रममा चलचित्रको छायांकनका क्रममा सुशान्तले आफ्नो भ्यानेटी भ्यानमा ड्रग्स सेवन गरेको बयान दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री