शनिबार, ८ वैशाख २०८१

भिटामिन-डी कम भएका ब्यक्तिमा कोरोनाबाट मृत्यु हुँने उच्च जोखिम

समयपोष्ट २०७७ असोज ११ गते ७:५५

Advertisement

शरीरमा भिटामिन डी पर्याप्त मात्रामा भएका बिरामीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुँने सम्भावना ५२ प्रतिशतले कम हुने एक अध्यनले बताएको छ ।

अमेरिकाको बोस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक रिसर्चमा कोरोना संक्रमितमध्ये पर्याप्त मात्रामा भिटामिन डी भएका व्यक्तिमा मृत्यु हुने सम्भावना आधा कम हुने र गम्भीर बिरामी हुने सम्भावना पनि १३ प्रतिशतले कम पाइएको छ ।

अध्ययनमा भिटामिन डी पर्याप्त भएका व्यक्तिलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि ४६ प्रतिशतले कम हुने गरेको पाइएको छ ।

मानिसको रोग प्रतिरोधात्मक क्षमतामा भिटामिन डीको मुख्य भूमिका हुन्छ । भिटामिन डी पर्याप्त भएका व्यक्तिलाई कोरोना संक्रमण भए पनि रोग जित्नका लागि सहयोग हुन्छ । अमेरिकामा भने औषतमा ४२ प्रतिशत व्यक्तिमा भिटामिन डी कमी पाइएको छ ।

बोस्टन विश्व विद्यालयका प्रोफेसर माइकल हालिकसहितको अनुसन्धानकर्ताको टोलीले पर्याप्त भिटामिन डी हुने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना पनि ५४ प्रतिशत कम हुने निष्कर्ष निकालेको छ । यो अध्ययनले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा ठूलो भूमिका हुने वैज्ञानिकहरुले बताएका छन् ।

भिटामिन डी सूर्यको बिहानी प्रकाशबाट हाम्रो शरीरले लिने गर्छ । त्यसैले बिहानको घाम ताप्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री