बिहीबार, १५ चैत २०८०

ड्रग्स लिन आफ्नै कार लिएर जान्थे सारा र श्रद्धा, यस्तो छ कारमजीतले दिएको बयान

समयपोष्ट २०७७ असोज ९ गते १३:३६

Advertisement

बलिउड अभिनेता सुशान्त सिंह मृत्यु प्रकरण छानविनको क्रममा गर्लफ्रेन्ड रिया चक्रवर्ती पक्राउ परेपछि उनले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम लिएकी छिन् । रियाको बयानसंगै सारा अलि खान,श्रद्धा कपुरदेखि दीपिका पादुकोन समेत लागुपदार्थ प्रयोगकर्ताको लिष्टमा परिसकेका छन् ।

यसैबीच, ड्रग्स कारोवारी करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानको बारेमा खुलासा गरेका छन्। भारतीय मिडियाका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूर र सारा अली खानलाई कार र कुरियर मार्फत ड्रग्स सप्लाई गरेको नार्कोटीस कन्ट्रोल ब्युरो (एनसीबी) सँग कबूल गरेका छन् ।

एनसीबी स्रोतका अनुसार करमजीतले अभिनेत्री श्रद्धा कपूरको नाममा चारपटक विभिन्न ठाउँमा लागूपदार्थ आपूर्ति गरेको दावी गरेका छन। ड्रग्सको प्याकेट कारमा चार पटक पुर्‌याइएको थियो । यद्यपि कारमजीतले भने कारमा ड्रग्सको प्याकेट श्रद्धा कपूर आफैले लिएकी थिइन् वा उनीसँग सम्बन्धित कोही अन्यले त्यसको यकिन छैन। एनसीबीले शनिबार श्रद्धा कपूरलाई सोधपुछ गर्ने छ।

यसैबीच करमजीतले अभिनेत्री सारा अली खानलाई लागुऔषध आपूर्ति गर्ने गरेको कुरा स्वीकार गरेका छन्। भारतीय मिडियाका अनुसार, करमजीतले सारा अली खानलाई दुई पटक लागु लागूऔषध आपूर्ति गरिसकेका छन्। उनले कूरियरको माध्यमबाट अभिनेत्रीलाई दुई पटक ड्रग्स दिएका थिए। एनसीबीले सारा अली खानलाई बिहीबार कारमजीतको बयानको क्रस चेकमा बोलाएको थियो। उनी गोवाबाट मुम्बई पुगेकी थिइन्।

साथै अभिनेत्री दिपिका पादुकोण बिहीबार राती गोवाबाट मुम्बई पुगेकी छन्। उनीसँगै पति रणवीर सिंह पनि थिए। दिपिकालाई एनसीबीले शनिवार सोधपुछ गर्नेछ । दिपिका पति रणवीरले एनसीबीलाई दिपिकासँग सोधपुछको क्रममा बस्न दिन बिन्ती गरेका छन्। उनका अनुसार दिपिका कहिलेकाँहि नर्वस हुन्छिन्। तसर्थ, उनलाई दिपिकासँग बस्न दिनुपर्छ । रणवीरले भनेका छन् उनी कानुनी नियम जान्दछन् उनी अनुसन्धानको क्रममा सँगै बस्न सक्दैनन् तर पनि उनलाई एनसीबी कार्यालय भित्रसम्म जान अनुमति दिइनुपर्छ।

दिपिकाले एक टेलेन्ट कम्पनीको मेनेजर करिश्मासँग ड्रग्स मगाएको च्याट मिडियामा आएको थियो । उनले च्याटमा करिश्मासँग माल हे क्या भन्दै ड्रग्स मगाएकी छिन्।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री