शुक्रबार, १४ वैशाख २०८१

महाकाली सिँचाई आयोजनाका प्रमुख युवतीसहित सुन्धारा गेष्ट हाउसबाट यस्तो अवस्थामा पक्राउ

समयपोष्ट २०७७ असोज ८ गते २०:१०

Advertisement

महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट युवतीसहित सुन्धाराको होटलबाट पक्राउ परेका छन् ।

उनको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

सुन्धारास्थित ईशान होटलबाट पक्राउ परेका उनले आफुसंग ११ लाख रहेको र सो रकम सचिव र महानिर्देशकलाई दिनका लागि हो भन्दै हल्ला गरेपछि कसैले प्रहरीलाई खबर गरेको थियो । लगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले विष्टलाई गरेको हो ।

बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री