बिहीबार, १३ वैशाख २०८१

सनराइज् बैंकको डिजिटल टेलर सेवा सुरु

समयपोष्ट २०७७ असोज ८ गते १९:५१

Advertisement

सन्राइज बैंकले बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवा सुरु गरेको छ ।

चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको जनाएको छ ।

यस सेवाको सुरुवातसँगै अब उप्रान्त बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् ।

यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री