शुक्रबार, १६ चैत २०८०

नबिल बैंकले सुरु गर्यो ग्रिन पिन सेवा, नयाँ पिन सेट गर्न र बिर्सिएको पिन स्वयम्ले रिसेट गर्न सक्ने

समयपोष्ट २०७७ असोज ८ गते १९:३७

Advertisement

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ ।

डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको जनाएको छ ।

बैंकले ग्रिन पिन सेवा मार्फत ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकहरुले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुनेछ । त्यस पश्चात “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सक्नुहुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदैँ वातावरण मैत्री सेवाको शुभारम्भ गरेको जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री