बिहीबार, १३ वैशाख २०८१

श्वेता तिवारीलाई कोरोना संक्रमण

समयपोष्ट २०७७ असोज ८ गते १४:५५

Advertisement

टिभी अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् ।

केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेनटाईनमा भएपछि ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङ रोकिएको थियो । त्यसपछि अब श्वेता पनि कोरोनाद्वारा पोजेटिभ भएपछि सुटिङ केही दिनका लागि थप रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएकी थिइन् ।

सेटसँग जोडिएको एक स्रोतले श्वेता संक्रमित भएको खबर पुष्टि गरेका छन् । उनले भने, ‘हो, श्वेता तिवारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनले नै २१ सेप्टेम्बरमा प्रोडक्सन हाउसलाई यसबारे सूचना दिएका थिए । शोको सुटिङ गत हप्ता नै रोकिएको थियो जब अभिनेता वरुण बडोलाकी श्रीमती राजेश्वरी सचदेव कोरोना संक्रमित पाइएकी थिइन् ।

आफ्नी श्रीमतीको रिपोर्ट पोजेटिभ आएपछि वरुण आफैंले होम क्वारेन्टाइन गरेका छन् । साथै, शोको सेटमा उनीसँग सम्पर्कमा आएका मानिसहरुलाई पनि सावधानी अपनाउन सल्लाह दिइएको थियो । ’

प्रतिक्रिया

सम्बन्धित सामाग्री