शुक्रबार, १६ चैत २०८०

नेप्सेमा सुधार

समयपोष्ट २०७७ असोज ७ गते १९:१६

Advertisement

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.३७ बिन्दुले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ । कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर रु एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर २३.६४ ले ओरोला लाग्दा बैंकिङ १.८७, व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत् ३३.७९, वित्त १२.०२, निर्जीवन बीमा ७४.७७, उतपादन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२, जीवन बीमा ९४.६८ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ८५ लाख ९८ हजार ४५ बराबरको कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु नौ करोड ५९ लाख ३९ हजार ७०३, नेपाल पुनरबीमा कम्पनी रु आठ करोड ७३ लाख २३ हजार ७०१, अरुण भ्याली हाइड्रो पावर रु पाँच करोड ६० लाख ७१ हजार ५९, रिलायन्स लाइफ इन्स्योरेन्स रु चार करोड ४६ ६४ हजार १०६, कुमारी बैंक रु चार ६ लाख ६६ हजार ९४७ र नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ९६ लाख ९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी ९.६७, माउण्टेन हाइड्रो ९.७१, यूनाइटेड मोदी ९.४५, यूनियन हाइड्रो पावर ९.३० र दिव्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले ९.२१ प्रतिशतले कमाए । त्यस्तै, गोर्खाज फाइनान्स ३.५७, तारागाउँ रिजेन्सी होटल १.९९, लक्ष्मी इक्विटी फण्ड १.९७, लक्ष्मी उन्नती कोष १.७५ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले १.६७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री