शुक्रबार, ७ वैशाख २०८१

श्रद्धाको लागि विशेष ड्रग्सको व्यवस्था गर्थिन् जया

समयपोष्ट २०७७ असोज ७ गते ११:३५

Advertisement

नारकोटिक्स कन्ट्रोल ब्यूरोको सोधपुछमा जया शाहले अभिनेत्री श्रद्धा कपुरलाई सिबिडी अयलको बन्दोबस्त गरिदिएको बताएकी छिन् । तर उनले लागुऔषध कारोवारीसँग सम्पर्क भएको आरोप अस्विकार गरेकी छिन् ।

उनले श्रद्धा कपुरका लागि सिबिडी अयल (गाँजाको तेल) अनलाइनमार्फत् मगाएको बताएकी छिन् ।

यस्तै नम्रता शिरोडकरसँगको च्याटको प्रश्नमा जयाले च्याट त उनकै भएको तर आफूलाई यसबारे केही याद नभएको बताएकी छिन् । यसबाहेक उनले सुशान्त सिंह, रिया चक्रवर्ती, फिल्म निर्माता मधु मांटेना वर्मा र आफ्नै लागि पनि गाँजाको तेल मगाएको बताएकी छिन् ।

जयाले आफूले ड्रग्सको बन्दोबस्त अनलाइनमार्फत् मिलाएको बताएकी छिन् । बलिउडमा ड्रग्सको कनेक्सनबारे दैनिक खुलासा भइरहेका छन् । सिबिडी त्यो ड्रग्स हो जुन भारतमा प्रतिबन्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री