बुधबार, १२ वैशाख २०८१

विवाह गरेको पन्ध्रदिन नबित्दै पुनमले श्रीमान्बिरुद्ध दिईन् उजुरी, श्याम पक्राउ

समयपोष्ट २०७७ असोज ७ गते १०:४८

Advertisement

१२ दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएकी मोडल तथा नायिका पूनम पाण्डेले श्रीमान् श्याम बम्बेबिरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी छिन् ।पाण्डेले उजुरी दर्ता गरेलगत्तै गोवा प्रहरीले उनका श्रीमान्लाई पक्राउ गरेको छ ।

मिडिया रिपोर्टमा गोवा प्रहरीलाई उद्धृत गर्दै घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको बताइएको छ जहाँ पूनम पाण्डे एक फिल्मको सुटिङ गरिरहेकी थिइन् । एएनआईको ट्वीट अनुसार दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले यसको पुष्टि गरेका छन् ।

यस्तै मिडिया रिपोर्टमा कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै पुनमले उत्पीडन, कुटपिट र हत्याको धम्की पाएको भन्दै उजुरी दिएको जानकारी दिइएको छ । श्यामलाई पक्राउ गरिएको छ । गिरफ्तारीपश्चात् उनको मेडिकल परीक्षण गरिएको छ ।

स्मरण रहोस्, पूनम पाण्डेले १० सेप्टेम्बरमा सोसल मिडियामार्फत् श्यामसँग आफ्नो विवाहको घोषणा गरेकी थिइन् । दुबैले विवाहको तस्बिर सोसल मिडियामा पोस्ट गरेका थिए । विवाहमा उनीहरुका नजिकका आफन्तलाई मात्रै बोलाइएको थियो । पूनमले जुन तस्बिर सेयर गरेकी थिइन् त्यसमा लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री