शुक्रबार, ७ वैशाख २०८१

बीर अस्पतालमा कोरोनाबाट मृत्यु भयो भनिएका ब्यक्तिको घाँटी र आँखामा गम्भीर चोट

समयपोष्ट २०७७ असोज ६ गते १४:४०

Advertisement

काठमाडौँको बीर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार उपचारको क्रममा रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घरका राम लखनको मृत्यु भएको अस्पतालले जनाएको छ । लखनको मृत्युपछि कोरोनाभाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

तर परिवारले भने राम लखनको हत्या गरेको दाबी गरेको छ । कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका जैसवाल असोज २२ गते जेलमुक्त हुँदै थिए ।

कारागार प्रशासनले लखनको कोरोनाका कारण ज्यान गएको खबर गरेपछि परिवार काठमाडौँ आएको थियो । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार आफन्तलाई शव दिएको छैन ।

कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार मृतककी छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगेकी थिईन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी छिन् ।

भिडियोमा मृतकको मृतकको घाँटी, टाउँको र आँखामा चोट देखिन्छ । यससंगै घटना शंकास्पद भएको भन्दै आफन्तले घटनाको छानबिन हुनुपर्ने तथा शवको पोष्ट मार्टम गर्नुपर्ने माग गरेका छन् ।

जेल प्रशासनले भने उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री