शुक्रबार, १४ वैशाख २०८१

के श्रद्धा कपुर पनि लिन्थिन् सुशान्त र रियासंगै ड्रग्स ?

समयपोष्ट २०७७ असोज ६ गते ११:४७

Advertisement

सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स केस जोडिएपछि बलिउडका थुप्रै कलाकारको नाम यसमा मुछिएको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले श्रद्धा कपुर र सारा अली खानको समेत नाम लिएपछि यी नायिकालाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले यसैहप्ता सोधपुछका लागि बोलाउने सम्भावना रहेको भारतीय मिडियाले जनाएका छन् ।

एनसीबीले रियालाई दुई दिनको सोधपुछपछि सेप्टेम्बर ८ तारिखमा पक्राउ गरेको थियो । उनी मुम्बईको भायखला जेलमा छिन् ।

रियाको जमानतको आग्रह दुई पटक खारेज भइसकेको छ । उनले सुशान्तका लागि ड्रग्सको बन्दोबस्त गरिदिने आरोप छ । ड्रग्स केसमा एनसीबीले रिया र उनका भाइ शोविकसमेत हालसम्म २० जनालाई पक्राउ गरेको छ । यसमा सुशान्तका कर्मचारी र लागुऔषध कारोबारी पनि समावेश छन् । सुशान्त केसमा ड्रग्सको कनेक्सनको खुलासा रियाको ह्वाट्सएप च्याट सार्वजनिक भएपछि भएको हो । च्याटमा ड्रग्स खरिद गर्नेबारे कुरा गरिएको थियो ।

मिडिया रिपोर्टका अनुसार रियाले श्रद्धा र सारासमेत बलिउडका २५ सेलिब्रिटीको नाम एनसीबीलाई बताएकी छिन् । उनीहरुमाथि ड्रग्स लिएको वा ड्रग्सको नेटवर्कसँग जोडिएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री