शुक्रबार, १६ चैत २०८०

काठमाडौंमा मात्रै ५३८ जनामा कोरोना, उपत्यकामा कति ?

समयपोष्ट २०७७ असोज ५ गते १६:५९

Advertisement

काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी उपत्यकाहित पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यससंगै नेपालमा कुल संक्रमितको संख्या ६५

हजार २७६ पुगेको छ । सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४७ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ वटा पीसीआर परीक्षण सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४७ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ वटा पीसीआर परीक्षण भएको छ । होम आइसोलेसनमा ८ हजार ६९० जना छन् भने हाल १७ हजार ६११ जना सक्रिय संक्रमित छन् ।

देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै देशभर मृतकको कुल संख्या ४२७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री