बुधबार, १२ वैशाख २०८१

कोरोनाबाट उपत्यकाका पाँचसहित थप १६ जनाको मृत्यु, हेर्नुहोस् अन्य कहाँ कहाँका छन् ?

समयपोष्ट २०७७ असोज ५ गते १६:४१

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।

यस्तै गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यससंगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४७ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ वटा पीसीआर परीक्षण सोमबार थप १००५ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ४७ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५३३ वटा पीसीआर परीक्षण भएको छ । होम आइसोलेसनमा ८ हजार ६९० जना छन् भने हाल १७ हजार ६११ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री