मंगलबार, ११ वैशाख २०८१

अनुराग कश्यपमाथि लागेको आरोप बारे पुर्व श्रीमतीले भनिन्-अहिलेसम्म जे देखे, तीमध्ये सबैभन्दा घटिया व्यवहार

समयपोष्ट २०७७ असोज ५ गते १३:०३

Advertisement

 

बलिउड फिल्म निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले यौन शोषणको आरोप लगाएपछि उनकी पुर्व श्रीमती आरती बजाज पायलमाथि खनिएकी छिन् ।

उनले कश्यपको एक ट्वीटको स्क्रिनसट साझा गर्दै लेखेकी छिन्, ‘म जेठी श्रीमती हुँ । अनुराग कश्यप तपाईं एक रकस्टार हुनुहुन्छ । महिलालाई सधैं झैं शशक्त गरिरहनुहोस् र उनका लागि सबैभन्दा सुरक्षित स्थान बनाइरहनुहोस् । म यो सबैकुरा हाम्रा छोरीका लागि देख्छु । यहाँ कोही पनि इमान्दार छैनन् र संसार हारेका र दिमाग नभएका मानिसहरुले भरिएको छ ।’

उनले थपिन्, ‘घृणाका लागि लाग्ने ऊर्जा यदि कोही राम्रा काममा लगाउने हो भने संसार एक उत्कृष्ट स्थान बन्न सक्छ । मैले अहिलेसम्म जे देखेँ, यो तीमध्ये सबैभन्दा घटिया व्यवहार हो । सुरुमा मलाई यो पढेर निकै रिस उठ्यो र त्यसपछि म बेस्सरी हाँसे किनभने यो बनावटी बाहेक अरु केही हुन सक्दैन । तपाईंले यी सब झेल्नुपरेको छ, यसका लागि मलाई माफ गर्नुहोस् । उनीहरुको यहि स्तर हो । तपाईं आफ्नो आवाज प्रयोग गरिरहनुहोस् । हामी सबै तपाईंलाई प्रेम गर्छौं ।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री