बिहीबार, १३ वैशाख २०८१

गरिमा विकास बैंकको एकै दिन तीन नयाँ शाखा विस्तार

समयपोष्ट २०७७ असोज ५ गते १२:२३

Advertisement

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौको सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ दिनअघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । यससंगै बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेव प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री