बुधबार, १२ वैशाख २०८१

वल्डलिंकले भित्रायो नयाँ प्रविधि ,एउटै तारबाट इन्टरनेट र टिभी हेर्न सकिने 

समयपोष्ट २०७३ असोज २ गते ७:५०

काठमाडौं  ।  वल्डलिंकले पूरानै मूल्यमा एउटै तारबाट इन्टरनेट र टिभी हेर्न सकिने नयाँ प्रविधि भित्र्याएको छ  ।  

Advertisement

इन्टरनेट प्रदायक संस्था वल्डलिंक कम्युनिकेशन प्रालिले  २१ वर्ष प्रवेश गरेको  अवसर पारी  उक्त प्रविधि  सार्वजनिक गरेको हो ।

सो अवसरमा ग्राहकहरुले फाइबर जडान ,राउटर र इन्सुलेसन चार्ज २१ रुपैयाँमानै गर्न सक्ने  वल्र्डलिंकले जनाएको छ । यो योजना दर्ता गर्ने २१०० जनाको लागि मात्र उपलब्ध हुनेछ ।  । 

यस प्रविधिमा इन्टरनेट तुरुन्तै अपलोड र डाउनलोड गर्न सकिने तथा स्पष्ट भ्याइस तथा भिडियो कल गर्न सकिने छ। 

टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर क्वालिटी हुने,अन्य च्यानलहरुको भन्दा धेरै सफा आउने र अटो च्यानल रेर्कडिङको सुविधा भएकाले फुर्सदको समयमा मन लागेको कार्यक्रम हेर्न सकिने छ ।  


 
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री