बिहीबार, १३ वैशाख २०८१

पायललाई निर्देशक कश्यपले यसरी गर्थे यौन शोषण

समयपोष्ट २०७७ असोज ४ गते १४:००

Advertisement

नायिका पायल घोषले निर्देशक अनुराग कश्पमाथि यौन शोषणको आरोप बारे बिस्तृतमा जानकारी दिएकी छिन् ।

नायिका घोषले निर्देशक कश्यपले लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गरेको बताएकी छिन् ।

उनले भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हाल म आफ्नो परिवारको समर्थनको आशा गरिरहेकी छु । त्यसपछि म एजेन्सीलाई सम्पर्क गर्नेछु । यदि अनुरागले माफी मागेको भए, म उनलाई माफी दिन्थेँ । म इन्डष्ट्रिबाट पनि समर्थन होस् भन्ने चाहन्छु ।’

पायलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीट गरेर लेखेकी थिइन्, ‘अनुराग कश्यप निकै नराम्रो गरी मलाई दबाब दिए । नरेन्द्र मोदीजी कृपया एक्सन लिनुहोस् र यी सृजनात्मक व्यक्ति पछाडिको राक्षसलाई उदाङ्गो पारिदिनुहोस् । मलाई थाहा छ, यसले मलाई क्षती पुर्याउन सक्छ । मेरो सुरक्षा खतरामा छ । कृपया मद्दत गर्नुहोस् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री