शुक्रबार, ७ वैशाख २०८१

शेरधन राईमाथि यौन शोषणको आरोप लगाउने बालिका खड्का पेरिसडाँडाबाट पक्राउ

समयपोष्ट २०७७ असोज ४ गते १३:२६

Advertisement

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन शोषणको आरोप लगाउने बालिका खड्का पक्राउ परेकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी हुन् ।

खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्काले केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री