शुक्रबार, १६ चैत २०८०

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई “प्रबल जनसेवा श्री चतुर्थ” बाट विभूषित गरिने

समयपोष्ट २०७७ असोज ३ गते २०:५८

Advertisement

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई “प्रबल जनसेवा श्री चतुर्थ” द्वारा विभूषित गर्ने घोषणा गर्नुभएको पावन अवसरमा बैंकले राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउदै यस बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ ।

साथै वहाँले VG फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री